५ कार्तिक २०७४, आईतवार

काठमाण्डौ । पहिलो चरणमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । राप्रपा प्रजातान्त्रिक र नयाँशक्तिलाई दुई क्षेत्र दिंदै अन्य क्षेत्रमा कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो ।

नेपाली कांग्रेसले प्रथम चरणमा निर्वाचन हुने ३२ जिल्लाका उम्मेदवारहरुको टुंगो लगाएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिशमशेर राणालाई र गोरखा क्षेत्र नम्बर २ मा नयाँशक्तिका बाबुराम भट्टराईलाई सघाउँने निर्णय गर्दै अन्य क्षेत्रमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतलाई राप्रपा प्रजातान्त्रिकले सघाउने र गोरखा क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार चिनकाजी श्रेष्ठलाई नयाँ शक्ति नेपालले सघाउने सहमति जुटेको छ । यस्तै कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाका लागि समेत लगभग नाम टुंग्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV