४ कार्तिक २०७४, शनिबार

ब्राजिलमा प्रहरीले बाल यौन दुराचारमा संलग्न एक सय ८ जनालाई पक्राउ गरेको छ । पिडोफाइल (बाल यौन दुराचार) विरुद्धको अभियान अन्तर्गत ब्राजिलको प्रहरीले देशका २४ राज्यबाट एक सय ८ जनालाई पक्राउ गरेको हो ।

यो दक्षिण अमेरिकामा पिडोफाइल विरुद्धको अहिलेसम्मकै ठूलो अभियान रहेको ब्राजिलका न्याय मन्त्री तोक्र्वातो जर्दिमले बताउनुभयो । मोवाइल तथा कम्प्युटरमार्फत बालकालिकाको अश्लिल तस्बिर सेयर गर्दै आएका व्यक्ति तथा त्यस्ता तस्बिर उत्पादनमा संलग्न व्यक्ति पक्राउ परेका हुन् ।

अमेरिका तथा युरोपका आप्रवासन अधिकारीको संलग्नतामा भएको ६ महिना लामो अध्ययनको अन्त्यमा ब्राजिल प्रहरीले पिडोफाइल विरुद्ध अभियान चलाइएको हो ।

पक्राउ पर्नेमा अवकास प्राप्त प्रहरी, सरकारी कर्मचारी तथा फुटबलको युथ क्लबका प्रमुख र सञ्चालक पनि रहेका छन् । उनीहरुले बालबालिकाका अश्लिल तस्बिर ड्राक वेब साइट (जसलाई इन्टरनेट सर्च इन्जिनले फेला पार्न कठिन हुन्छ) बाट सेयर गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV