३ कार्तिक २०७४, शुक्रबार

सुमन कार्की

तिहारको अवसर पारेर पाल्पामा ढाकाको कारोबार बढेको छ । तिहारमा दिदिवहिनीले दाजुभाईलाई उपहार स्वरुप पाल्पाली ढाकाबाट निर्मित बस्तुहरु दिने भएकोले पाल्पाली ढाकाको कारोवार वढेको हो ।

तिहारमा दिदिबहिनीले दाजुभाईलाई उपहार स्वरुप पाल्पाली ढाकाको टोपी तथा विभिन्न प्रकारका पोशाक उपहारको रुपमा लैजानै प्रचलनले पाल्पामा पाल्पाली ढाकाको कारोबार बढेको हो । अन्य समयमा भन्दा तिहारमा पाल्पाली ढाकाको व्यापार बढ्ने गरेको छ ।

विशेष गरी ढाकाको टोपी भाइटीकामा दाजुभाइलाई उपहार स्वरुप दिने गरेका कारण ढाकाको टोपीको व्यापार बढेको स्थानीय व्यवसायीको भनाई छ । ढाका टोपी, चोली, पछ्यौरीमा सीमित रहेको पाल्पाली ढाकामा नयाँ प्रविधि भित्रिए सँगै पछिल्लो समय यसको क्षेत्र पनि फराकिलो हुदै गएको छ ।

अहिले उपहारका सामग्रीसँगै पर्स, टाई, ब्याग, अस्टकोट, कुर्ता, दौरा सुरुवाल लगायतका सामग्री उत्पादन हुन थालेसंगै चेलीबेटीहरुले दाजुभाईलाई विभिन्न सामग्री उपहारको रुपमा लैजाने गरेका छन् । देश देखि विदेशसम्म नाम कमाउन सफल पाल्पालीहरुको पहिचान बनेको ढाका कपाडा विशेष गरि उपहारको रुपमा विदेशमा पनि लाने चलन बढ्दो छ ।

LIVE TV