३ कार्तिक २०७४, शुक्रबार

 

काठमाडौं । वामपन्थी गठबन्धनमा रहेका नेकपा एमाले र माओवादी केन्द्रले आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चासंग चुनावी तालमेलको गृहकार्य तीब्र बनाएका छन् ।

दुइदलले जनमोर्चालाई बाग्लुङ र प्युठानमा एक एक सीट दिन सहमति जनाएका छन् । वामगठबन्धनले प्युठानमा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई चुनावमा उठ्न आग्रह गरेको छ ।

लामो समय अर्धभूमिगत भएर राजनीति गरेका वरिष्ठ बामपन्थी नेता मोहनविक्रमले चुनाव लड्ने इच्छा जनाएमा प्युठान छाड्न एमाले र माओवादी राजी भएका छन् ।

जनमोर्चासंगको चुनावी तालमेलबारे शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा मशालका महामन्त्री मोहनविक्रम र जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीबीच छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV