३ कार्तिक २०७४, शुक्रबार

काठमाडौँ । निवार्चन आयोगले मंसिरमा हुने निर्वाचनको लागि १० हजार छ सय ७१ निर्वाचन स्थलमा १९ हजार आठ सय नौ वटा मतदान केन्द्र कायम गरेको छ । आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि १९ हजार आठ सय नौ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या एक करोड ५४ लाख २७ हजार सात सय ३१ कायम भएको छ । २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ ।

पहिलो चरण अर्थात मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनमा ३२ लाख २८ हजार आठ सय ७९ जना मतदाताले मताधिकारको प्रयोग गर्ने प्रमुख आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभयो । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । त्यसैगरी नयाँ थपिएका मतदाता परिचयपत्र छपाइ गरी वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV