काठमाडौँ । नेपालीहरुको मौलिक संवत नेपाल संवत् ११३८ आजबाट सुरु भएको छ । नेपाल संवत् ११३८ का अवसरमा देशभर विविध कार्यक्रम गरियो । नेपाल संवतलाई विषेश गरेर नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थियो । करिब एक दशक अघि शंखधरलाई राष्ट्रिय विभूतिसमेत घोषणा गरिएको थियो ।
कार्तिक शुक्ल पक्ष प्रतिपदाको सूर्योदयलाई नेवारीमा न्हुदँ अथवा नयाँ वर्ष भनिन्छ । नेपालमा औपचारिक रूपले यो संवत चन्द्रशमशेरको कार्यकालसम्म प्रचलनमा रहेको विश्वास छ ।
यसैबिच, आजै नेवार समुदायले म्हःपूजा अर्थात् शरीर पूजा समेत गरेका छन् । तिहारको चौथो दिन नेवार समुदायले आआफ्नो शरीर पूजा गर्दै म्हःपूजा पर्व मनाउने गर्दछन् ।
हेर्नुहोस केहि तस्विर
मध्यपुरथिमि शंखधर चोकमा शुक्रबार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मयूर नाच प्रदर्शन गर्दै कलाकार ।
धिमेबाजासहित काठमाडौँ नगरपरिक्रमा गर्दै सर्वसाधारण ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवत् ११३८ समारोह समितिद्वारा ललितपुरमा शुक्रबार आयोजित सांस्कृतिक र्यालीको उद्घाटन गर्नुहुँदै ।
मध्यपुरथिमि शंखधर चोकमा शुक्रबार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्वागत गर्न बसेका पञ्चकन्या ।
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नयाँ वर्ष ११३८ को अवसरमा मध्यपुरथिमि शंखधर चोकमा नेपाल संवत्का प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्नुहुँदै ।
वसन्तपुर परिक्रमा गर्दै सर्वसाधारण ।
शुक्रबार पोखरामा आयोजित भिन्तुना पदयात्राका सहभागीहरु ।
वसन्तपुर परिक्रमा गर्दै सर्वसाधारण ।
एमाले भक्तपुर नगर संगठन कमिटिले शुक्रबार आयोजना गरेको भिन्तुना पदयात्राका सहभागिहरु ।
नेपाल भाषा मंका खल म्याग्दीले बेनीमा आयोजना गरेको पदयात्राका सहभागीहरु ।
तुलसीपुर नेवार समाजद्वारा शुक्रबार नेपाल संवत ११३८ तथा म्हःपूजाको अवसरमा आयोजना गरिएको पदायात्रा ।