३ कार्तिक २०७४, शुक्रबार

आगामी शनिबारबाट स्पेन सरकारले क्याटलोनिया क्षेत्रलाई स्वायत्त शासन अधिकारबाट वन्चित तुल्याउने प्रकृया थाल्ने जनाएको छ । क्याटलोनियाले पुर्याएको संकट समाधान गर्न संविधानले दिएको अधिकारलाई प्रयोग गर्न लागिएको स्पेन सरकारले जनाएको छ ।

स्पेनी संविधानको धारा १ सय ५५ अन्तर्गत सिनेटको औपचारिक अनुमोदन हासिल गर्न मन्त्रीमण्डलले त्यस्तो प्रकृयाको खाका तयार पार्नेछ । त्यसपछि सो क्षेत्रको शासन व्यवस्था चलाउने अधिकार केन्द्रलाई प्राप्त हुनेछ । उक्त संवैधानिक प्रकृयालाई यसअघि कहिल्यै सकृय तुल्याइएको थिएन ।

क्याटलान नेता कार्लेस पुज्डमोनले वर्तमान संकटका बारे छलफल गर्न मड्रिडले अस्वीकार गरेमा आफूले क्षेत्रिय संसदमा स्वतन्त्रता घोषणालाई अनुमोदन गराउने धम्की दिएपछि केन्द्र सरकारले त्यस्तो कदम चालेको हो । क्याटलान नेता पुज्डमोनले गत हप्ता गरेका स्वतन्त्रताको घोषणालाई फिर्ता लिन केन्द्र सरकारले दिएको समयसिमालाई बेवास्ता गरेका थिए ।

सरकारको पछिल्लो कदमबाट देशमा थप अशान्ति मच्चीने कतिपयले आशंका व्यक्त गरेका छन् । गत अक्टोबर एक तारिखमा आयोजित स्वतन्त्रा सम्बन्धी जनमतसंग्रह अघि र पछि विभिन्न हडताल र ठूला विरोध प्रदर्शनहरु भएका थिए ।

उक्त जनमत संग्रहलाई स्पेनको सर्वोच्च अदालतले गैरकानुनी ठहर गरिदिएको थियो र त्यसबाट देशलाई अविभाज्य भनेर गरिएको संवैधानिक प्रावधान उलंघन भएको फैसला दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV