३ कार्तिक २०७४, शुक्रबार

काठमाण्डौ । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले समेत छलफललाई तीव्रता दिएको छ । लोकतान्त्रिक गठबन्धन तत्काल पहाडी र हिमाली जिल्लाका क्षेत्र बाँडफाँटमा जुटेका छन् ।

संघीय समाजवादी फोरम नेपालका नेता रामसहाय प्रसाद यादवले कांग्रेससँग बिहीबार छलफल शुरु भएको र सकारात्मक रुपमा अघि बढेको जानकारी दिनुभयो । पहिलो चरणका निर्वाचन क्षेत्रबारे टुंग्याएपछि अन्य जिल्लाबारे छलफल गर्ने लोकतान्त्रिक गठबन्धनको तयारी रहेको छ । तर कांग्रेस र अन्य दलबीच देशभरको निर्वाचन क्षेत्र बाँडफाँटबारे टुंगो नलागेकाले गठबन्धनको आकारले भने अझै मूर्त रुप लिन सकेको छैन ।

तर नेपाली कांग्रेस र उसँग सहकार्यको पक्षमा देखिएका दल पहिलो चरणमा चुनाव हुने पहाडी र हिमाली जिल्लामा तालमेलको गृहकार्यमा छन् । पहिलो चरणको निर्वाचन हुने जिल्लामा कार्तिक ५ गते उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV