३ कार्तिक २०७४, शुक्रबार

पोखरा : नेपाल संवत् ११३८ को उपलक्ष्यमा यहाँ आज विहान भिन्तुना ¥यालीको आयोजना गरियो ।

नेवाः खलः कास्कीको आयोजनामा पोखराको सभागृह चोकबाट निस्केको ¥याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, नालामुख हुँदै भीमसेन टोलमा पुगेर सम्पन्न भएको थियो ।

¥यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको सहभागिता थियो । ¥यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो । नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभूति शंखधर साख्वाले चलाएका हुन् ।

सोही उपलक्ष्यमा नेवारी समुदायले आज राति घरघरमा म्हःपूजा गर्ने कार्यक्रम रहेको नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV