३ कार्तिक २०७४, शुक्रबार

सन्तोष काफ्ले
मादल नेपालको एक प्रसिद्ध ताल बाजा हो । यो नेपाली समाजको मुख्य बाजा हो । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । तिहार होस् वा अन्य कुनै पर्व मादलको आफ्नै महत्व छ । तर, पछिल्लो समय मादलको प्रयोग घट्दै गएको छ । तिहारमा देउसीभैलो खेल्ने टोलिहरुले यस अघि नै मादल किनिसकेका हुन्थे । तर यस वर्ष भने तिहार भित्रिसके पनि पनि मादल बिक्री नहुँदा धरानका मादल व्यवसायी चिन्तित बनेका छन् ।

नेपालको सांस्कृतिक बाजा मध्येको मादल पनि एक महत्वपूर्ण बाजाका रुपमा मानिन्छ । विशेषगरी तिहार र विभिन्न चाडपर्वको बेला मादल बजाएर रमाइलो गरिन्छ । दैउसीभैलो खेल्ने सांस्कृतिक टोलीहरूले मादल किन्ने गर्दछन् । तिहारका बेला नाच्दै गाउँदै सांस्कृतिक कार्यक्रम गर्ने समूहले मादल किन्ने गरे पनि पश्चिमा संस्कृति र आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गए पछि मादल व्यवसाय संकटमा पर्न थालेको हो ।

पछिल्लो समय देउसी भैलो होस् या कुनै कार्यक्रम होस् नयाँ युवा पुस्ताहरु मोबाईल, डेग र क्यासेटमै रमाउँछन् । उहिलेका मादलको तालमा नाचिने नाचहरु पनि लोप भइसकेका छन् । आधुनिक, रिमिक्सका नाममा युवा पुस्तामाझ मादलप्रतिको आकर्षण कम हुँदै गएको छ । अघिल्लो वर्ष तिहारको समयमा एउटा पसलबाट १ सयको हाराहारीमा मादल बिक्रि हुने गरेको थियो । तर यस वर्षको तिहार आईसक्दा पनि २० वटा सम्म पनि बिक्रि नभएको व्यवसायी बताउँछन् ।

बाह्रसय देखि पाँच हजार रुपियाँ सम्मका मादल बिक्री हुने गरेको छ । पूर्वी नेपालका विभिन्न सहर र गाउँमा मादलको माग हुने गरेको थियो । आधुनिक बाजा गाजामा रमाउने जमात बढ्दै गए मादलको ब्यापार घट्नुको साथै परम्परागत बाजा लोप हुने सम्भावना पनि बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV