३ कार्तिक २०७४, शुक्रबार

उर्लाबारी, मोरङ : मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नंको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ८२ वषीय लक्ष्मण थापामगरलाई बिहिबार दिउँसो ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते मगरको न्युरो अस्पताल, विराटनगरमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

ठक्कर दिने मोटरसाइकल र त्यसका चालक उदयपुर त्रियुगा नगरपालिका– ११ पीपलचोक बस्ने २८ वर्षीय विनोद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV