३ कार्तिक २०७४, शुक्रबार

माला गाँस्न सघाउँछु : सुरवीर पण्डित, अभिनेता
तिहारमा नयाँनौलो खासै केही हुन्न मेरो । एक दिदी, बहिनी र भाई छन् ।
उनीहरुसंगै रीरितरिवाज मनाउँछु ।
यो बेला फुर्सद हुने भएकाले साथीभाईसंग भेटघाट गर्छु । सफासुगर गर्ने माला गास्ने काममा सहभागी हुन मनपर्छ ।

टीका थाप्न घर जाँदै छु :मदन नेपाल, गायक
म पनि अब टीका थाप्न मोरङ जाँदैछु । दिदी उतै हुनुहुन्छ । हमी चार भाईकी एक मात्र दिदी भएकाले सबैजना एकै ठाउँमा भेला हुनुपर्छ । धेरै जना दिदी बहिनी भएदिएको भए बाँड्न मिल्थ्यो ।

अस्ट्रेलियामै तिहार : सन्ध्या केसी, अभिनेत्री
हामी चारै जना सिब्लिङ्स एकठाउँ भएर भाईटीका नमनाएको थुप्रै बर्ष भईसक्यो ।
दुई जना दिदी विदेशमा हुनुहुन्छ । भाई र म यहीँ छौं । तर, पोहोर साल र यसपाली म पनि तिहारमा अस्ट्रेलिया जानुपर्ने भयो ।

पप्पीलाई पनि टीका : आकांक्षा बस्याल, गायिका
मेरो एउटा भाई छ, उनीसंग भाईटीका मनाउँछु । अनि सानो पप्पीलाई पनि टीका लगाईदिन्छु । पप्पी मेरो भाईसहरही नै लाग्छ ।
कक्षा ९ मा पढ्ने भईलाई कपडा किनिदिएको छु ।

विदेशी साथीसंग घुम्दै छु : हरि महर्र्जन , गितारवादक
४१ बर्षदेखि एउटै तरिकाले तिहार मनाएँ । योपाली फरक गर्दै छु । दुई जना अमेरिकन म्युजिसियन आएका छन् । उनीहरुसंगै काठमाडौं छेउछाउका सहरहरुमा गएर गिटार बजाउँदैछ, गीत गाउँदै गरिरहेको छु ।

फोनबाटै भाईटीका : आश्तिक शेरचन, फेसन डिजाईनर
दिदी अमेरिकामा हुनुहुन्छ ।
उहाँर्ला नभेटेको धेरै भईसक्यो चार बर्षअघिको तिहारमा म उतै थिए । त्यसयता दिदी र म फोनबाटै भाईटीका विस गरिरहेका छौं ।

अघाउन्जेल सेलरोटी खान्छु : केशव राई, रंगकर्मी
सेलरोटी बनाउन आउँदैन, खानचाही मनपर्छ । दिदीहरुले बनाउनुहुन्छ । उहाहरुकोमै गएर अघाउन्जेल खान्छु ।

प्रस्तुती:सजना बराल / कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
LIVE TV