२ कार्तिक २०७४, बिहीबार

काठमाडौँ । गत बर्ष भन्दा यस बर्ष सुन चाँदीका सामाग्रीहरुको विक्रि घटेको छ । गत वर्षको तुलनामा करिब २० प्रतिशतले सुन चाँदीजन्य धातुका सामानको विक्रिमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस बर्ष सुन चाँदीका गरगहना तथा पुजाका सामाग्रीहरुको कारोबार घटेको छ । गत बर्षको तुलनमा समग्र कारोबारको हिसावले करिब २० प्रतिशतले घटेको नेपाल सुन चाँदी ब्यवसायी महासंघका पुर्व अध्यक्ष तेज रत्न शाक्यले जानकारी दिनु भयो ।

विगतका वर्षहरुमा लक्ष्मी पुजाका दिन सम्म पनि सुन, चाँदीका गरगहना तथा सामाग्रीहरु खरिद गर्ने गरेको भए पनि पछिल्लो समय भारतीय सञ्चार माध्यमको कारण कागतिहारको दिन सम्म मात्र सुन चाँदीका सामाग्रीको खरिद गर्ने प्रचलन बढेकाले कारोबार घटेको पुर्व अध्यक्ष शाक्यले जानकारी दिनु भयो ।

विहिबार देखि सार्वजानिक विदा भएकोले महासंघले बुधबार कार्यलय खुल्ने दिनको अन्तिम दिन तोकेको मूल्यमै आउदो आइतबार सम्म सुनचाँदीको कारोबार सोही मूल्यमा हुने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारको मूल्य छापावाला सुन तोलाको ५६ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छ भने चाँदी ७ सय ७० रुपैयामा कारोबार भइरहेको छ ।

LIVE TV