२ कार्तिक २०७४, बिहीबार

काठमाण्डौ । तिहार उल्लासको पर्व । बत्तिको झिलिमिलि, अनि चिसो–चिसो मौसमको आनन्द । यीनै पृष्ठभूमीमा तिहारको रमझमले हरेक नेपालीको मन यतिवेला अनन्दले विभोर बनाइदिएको छ । आदि लक्ष्मी नमस्तेस्तु परब्रह्म स्वरूपिणि यो र यस्तै मन्त्रहरुको स्तुति गर्दै धनधान्यकी देवी माता लक्ष्मीको आज पूजाआजा गरिँदै छ ।

तिहारको सबैभन्दा महत्वपूर्ण दिनको रुपमा हेरिने यस दिन आज घरदैलो सफा गरेर समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ । चार रात्री मध्येको एक रात्री सुख रात्रीको दिनको रुपमा समेत पूजाआज गर्ने प्रचलन रहेको छ ।

आजको दिनमा हरेक नेपालीहरुको घरघरमा दुःख, दरिद्र हटोस् । सबैको घरमा सुखशान्ति भित्रियोस् । सबैमा तिहारको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV