१ कार्तिक २०७४, बुधबार

बैतडी । खर काट्ने क्रममा भिरबाट लडेर आज बैतडीमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ मेलडाँडाकी ३२ वर्षीया जुनकिरी लुहार रहेकी छन् । स्थानीय धरमपानी खरफागलमा खर काट्दै गरेकी जुनकिरीको भिरबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको स्थानीय प्रकाश भाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV