१ कार्तिक २०७४, बुधबार

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीयको जिम्मेवारी तोकेसँग प्रधानमन्त्री कार्यालयको बैठक कक्षमा बस्ने व्यवस्था मिलाएका छन् । जिम्मेवारी बिहिन भएपछि माओवादी केन्द्रका मन्त्रीहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिब तथा प्रबक्ता हरिप्रसाद पन्थीले १० जना मन्त्रीहरुको लागि प्रधानमन्त्री कार्यालयको दुई सय १८ नम्बरको बैठक कक्षमा व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

सरकारमा रहेको माओवादी तर्फका मन्त्रीहरूले उपप्रधानसहित परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेका थिए । प्रधानमन्त्री कार्यालयले राज्यमन्त्रीका लागि भने बस्ने व्यवस्था मिलाएको छैन ।

बिना विभागीय मन्त्रिहरुले प्रधानमन्त्रीको निर्देशनमा काम गर्नु पर्ने प्रावधान छ । मन्त्रि परिषद्को बैठकमा सहभागी हुने हकमा प्रधानमन्त्रिको इच्छाशक्तिमा भर पर्ने गरेको भएपनि विनाविभागीय मन्त्रीलाई मन्त्रिपरिषदको बैठकमा छलफल हुने बिषयबारे भने जानकारी दिइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV