१ कार्तिक २०७४, बुधबार

जुम्ला । जिल्ला बार इकाई जुम्लाका अध्यक्ष मोहनसिंह कठायतको गएराति मृत्यु भएको छ ।हृदयघातका कारण उनको मृत्यु भएको परिवारले जनाएको छ ।

राती १२ बजे एक्कासि ढलेका ४४ वर्षीय कठायतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

लामो समयदेखि अधिवक्ता पेशा संलग्न रहनुभएका कठायत उच्च रक्तचापका बिरामी हुनुहुन्थ्यो । उहाँको आजै दाहासंस्कार गरिएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV