१ कार्तिक २०७४, बुधबार

झण्डै एक दशक श्रीमान र श्रीमतिको रुपमा जीवन बीताएका नेपाली फिल्मका प्रभावशाली निर्देशक छविराज ओझा र नायिका रेखा सम्बन्ध बिच्छेद पश्चात सोमवार राजधानीमा फिल्म रुद्रप्रियाको प्रिमियरमा एक साथ आमनेसामने भए ।

पहिलो फिल्मबाट छविराज ओझाको हात समात्दै स्टार नायिकाको रुपमा आफूलाई उभ्याएकी रेखाले बैबाहिक जीवनमा बाँधिएको १० वर्षपछि श्रीमान ओझाबाट टाढिने निर्णय गरिन् ।

रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’को सोमबार काठमाडौँको कुमारी हलमा प्रिमियर सो आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको माहोल तब गर्मीयो जब त्यहाँ एकसाथ शिल्पा र छवि पुगे  । रेखा स्टेजको वरपर नै थिइन् भने शिल्पा पनि फोटो खिचाउन स्टेज पुगिन् । छवि भने दुवैलाई प्रशन्न मुद्रामा स्टेज तल बसेर नियालीरहेका थिए । रेखा र शिल्पाले अंकमाल गर्दा कार्यक्रमको माहोल तातिएको थियो ।

अहिले रेखा पनि एक्लै छिन् अनि छविराज ओझापनि । रेखा तत्काल विवाह गर्ने मुडमा देखिएकी छैनन् तर छविराज ओझाको विवाह नायिका शिल्पा पोखरेलसँग फिक्स भैसकेको छ । संभवतः यसै वर्ष छविराज र शिल्पा बैबाहिक जीवनमा बाँधिनेछन् । सम्बन्ध विक्षेद भएको केही वर्षसम्म एक अर्काको अनुहार समेत हेर्न नचाहेका रेखा र छवि अहिले नजिकिँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV