
कार्तिक १,२०७४ । नेकपा एमाले अध्यक्ष के पी शर्मा ओलीले बर्तमान सरकार अनेक बहाना गर्दै निर्बाचनबाट भाग्न खोजेको र यदि त्यसो भएमा एमालेलाई कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।
बुधबार पत्रकारहरु सँग कुरा गर्दै ओलीले यो सरकार चुनाब नगराउन अनेक षडयन्त्र गर्दै चुनाबबाट भाग्दैछ तर भागेर जहाँ पुगेपनी पानीमुनी बाट भए पनि लखेटी लखेटी ल्याउने बताए ।
यसअघि हिजो मात्रै सर्बोच्चमा निर्बाचन सम्बन्धी विषयलाई लिएर रिट परेको छ र रिट दायर गराउने अरु कोही नभएर सरकारले नै गरेको हो भन्दै माओबादीले सरकारबाट हट्ने निर्णय गरेकोमा तत्काललाई निर्णय फिर्ता गरेको थियो ।