१ कार्तिक २०७४, बुधबार

काठमाण्डौ । सङ्यीय मामिला तथा स्थानीय विकास मन्त्रालय,स्थानीय शासन तथा सामुदायीक बिकास कार्यक्रमले मिति २०७४/०६/२६ मा प्रकाशित बजेट बिनियोजन र खर्च गर्नेसम्बन्धमा प्रेषित पत्राचारमा क्र.स. ३ अनुरुप  IT Officer नियुक्त गर्न बाँकी रहेको स्थानीय तहहरुको हकमा इन्जिनियरिङ अध्ययन संस्थान (IOE) र सङ्यीय मामिला तथा स्थानीय विकास मन्त्रालय MoFLD  को विचमा MoU गरि नियुक्त गर्न भनिएकोमा   विज्ञान तथा प्रविधि अध्ययन संस्थान  (IOST),त्रि.वि  अन्तर्गतको  कम्प्युटर साइन्स तथा सुचना प्रविधी, केन्द्रिय विभाग (CDCSIT) अन्तर्गत रहेको स्नातकोत्तर (M.Sc.CSIT) अध्ययनरत  विधार्थी संगठन  Student Association of Computer Science (SACS) को गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको छ।

संघीय मामिला तथा स्थानीय विकास र इन्जिनियरिङ अध्ययन संस्थानबीच समझदारीपत्रमा हस्ताक्षर गरी स्थानीय तहमा करारमा नियुक्ति लिइने र ती आइटी अफिसरको तलब मासिक ४० हजार हुने उल्लेख छ । आइटी अफिसर बन्न त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानबाट इन्जिनियरिङ गरेकाले मात्र पाउने भएपछि अन्य विश्वविद्यालयबाट आइटीमा इन्जिनियरिङ गरेका विद्यार्थी पनि वन्चित हुने भएका छन् ।त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट आइटी इन्जिनियरिङ गरेकाले मात्र अवसर पाउने भएपछि विज्ञान तथा प्रविधितर्फका विद्यार्थी आन्दोलित भएका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान(IOE)संग गरिने भनिएको MoU मा विज्ञानतथा प्रविधि अध्ययन(IOST)लाइ पनि समावेस गर्न माग गरिएको छ । ‘कुनै एक अध्ययन संस्थानसगं मात्र MoU गरेर सुचना तथा प्रविधी अध्ययनरत विध्यार्थीहरुलाई रोजगार विमुख बनाउनु गलत हो, सम्बन्धित सबै सरोकारहरु यस बिषयमा कम्प्युटर साइन्स तथा सुचना प्रविधी  (CSIT)  अध्ययनरत विध्यार्थीहरुको मागप्रती गम्भिर हुन जुरुरी छ’ SACS का उपाध्यक्ष कल्यान डाँगीले बताएका छन ।

मिति २०७४-६-३० गते Central Department of Compuer Science and Information Technology (CDCSIT), Kritipur मा बसेको Student Association of Computer Science (SACS), CSIT ALUMNI र CSIT Association of Nepal को संयुक्त बैठकले निम्नानुसारको महत्वपुर्ण निर्णयहरु गर्यो ।

मिति २०७४/०६/२६ मा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय बाट प्रकाशित सुचना अनुरुप IT officer नियुक्त गर्ने सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको र आपति राख्दै सो निर्णयमा Institute of Science and Technology (IOST) लाई पनि समाबेश गराउन तिन वटै संगठनहरु संयुक्त रुपमा पहल गर्ने/ गराउने ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मा संयुक्त रुपमा ज्ञापन पत्र बुझाउने र दबाब दिने ।

केन्द्रीय बिभाग र डीन कार्यालय लाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउने र अघि बढ्न दबाब दिने ।

त्रि. वि. का आंगिक क्याम्पस हरुलाई यसमा सहयोग र समर्थन का लागि अपिल गर्ने ।

आगामी संघर्षका कार्यक्रमहरु संयुक्त रुपमा निर्धारण गर्ने

सङ्यीय मामिला तथा स्थानीय विकास मन्त्रालय,स्थानीय शासन तथा सामुदायीक बिकास कार्यक्रमले मिति २०७४र०६र२६ मा प्रकाशित सुचना :

SACS को  ध्यानाकर्षण :

SACS/CSIT ALUMNI/CSIT ASSOCIATION OF NEPAL को संयुक्त निर्णय  :

SACS/CSIT ALUMNI/CSIT ASSOCIATION OF NEPAL को संयुक्त विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्
LIVE TV