३१ आश्विन २०७४, मंगलवार

मोरङ । स्वदेशमा उत्पादित फूलले उपभोक्ताको माग नधान्ने भएकाले हरेक बर्ष झैं यस बर्ष पनि करिब ६० लाखको फूल भारतबाट विराटनगर भित्रिएको व्यवसायीहरुले अनुमान गरेको छ । तिहारमा चाहिने सयपत्री फूलको माग स्थानीय नर्सरीहरुले पुरा गर्न नसक्ने भएकाले हरेक बर्ष भारतबाट आयात हुने गरेको छ ।

स्थानीय ब्यापारीहरुले उपभोक्ताको माग पुरा गर्न भारतको कलकत्ता र सिलिगुडीबाट फूल आयात गर्ने गरेका छन् । चाडबाडको समयमा स्थानीय नर्सरीहरुको योगदान २५ प्रतिशत मात्र हुने गरेको पुष्प व्यवसायीहरुले बताए । सयपत्री फूल बेचेर मात्र तिहारको बेलामा ३ लाखसम्म आम्दानी हुने गरेको पुष्पव्यावसायीको भनाई छ ।

यसवर्ष साउन अन्तिम साता आएको बाडीका कारण माग अनुसारको फुल उत्पादन गर्न नसकिएको ब्यावसायीको भनाई छ । विटनगरमा फूलको व्यापार राम्रो भए पनि स्थानीय व्यवसायीहरुले उपभोक्ताको माग अनुसार पु¥याउन सकेका छैनन् ।

फूलको दल राख्ने समयमा बर्षा भएका कारण फूल उत्पादन गर्न गाह्रो भएको र वजारको माग अनुसार स्थानीय उत्पादनले धान्न नसकेको उनिहरुको भनाई छ । ५० रुपैयाँ पर्ने फूलको माला तिहारको बेलामा ८० रुपैयासम्म पर्ने गर्दछ । सयपत्री फूल तिहारमा नभई नहुने भएकाले पनि ब्यापारीहरुले आपूm खुसी मूल्य तोक्ने गरेको पाईन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV