३१ आश्विन २०७४, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाएका छन् ।

माओवादीले मंगलबार दिउँसो मात्रै सरकार नछाड्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रालय हेरफेर गर्दै माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाएका छन् ।

माओवादीले सरकारबाट बाहिरिन गरेको आग्रह अस्वीकार गरेपछि प्र्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट बनेका मन्त्रीलाई जिम्मेवारी मुक्त गर्दै राप्रपाका तर्फबाट बनेका मन्त्रीलाई जिम्मेवारी दिएको हो ।

कमल थापालाई उपप्रधानमन्त्री तथा उजा दिलनाथ गिरीलाई शहरी विकास, र विक्रमवहादुर थापालाई महिला बालबालिका तथा समाज कल्याण र जयन्त चन्दलाई आपुर्ति मन्त्रीको जिम्मेवारी दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले यसअघि विज्ञान तथा प्रविधी मन्त्री रहेका दिपक बोहोरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।  यसअघि माओवादी केन्द्रले लिएको गृह, परराष्ट्र र सामान्य प्रशासन मन्त्रालय भने प्रधानमन्त्री देउवाले आफैसंग राख्नुभएको छ ।

कुन्तिकुमारी शाहीलाई शहरी विकास राज्यमन्त्री, सुशिल श्रेष्ठलाई आपूर्ति, कान्ता भट्टराईलाई महिला बालबालिका तथा समाजकल्याण र भाष्कर भद्रालाई उर्जा आपूर्ति राज्य मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV