
सप्तरी । सप्तरीको बेल्ही चपेना गाउँपालिका वडा न. ४ की एक महिलाको मंगलबार बेलुका मृत्यु भएका छन् ।
अन्दाजी ४० वर्षिया हेमनी देवी यादवको ज्यान गएको हो । घर नजिकै माटो लिन पुगेको अवस्थामा अचानक माटोको ढिस्को खस्दा गम्भीर घाइते भएकी उनि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन् ।