३१ आश्विन २०७४, मंगलवार

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले सरकारले निर्वाचन सार्न तयारी गरिरहेको सूचना निर्वाचन आयोगबाट प्राप्त भएकाले माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने जानकारी दिएका छन्।

गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारले निर्वाचन सार्न खोजेको सूचना निर्वाचन आयोगबाट प्राप्त भएकाले सरकार छाडीनहाल्ने निर्णय गरिएको बताए।

यसअघि माओबादी मन्त्रीहरुले आज सरकार बाट बाहिरिने उद्घोष गरेका थिए ।मन्त्रि शर्माले चुनाव हुने सुनिश्चितता भए मात्र सरकारबाट बाहिरिने जनाए।

LIVE TV