३१ आश्विन २०७४, मंगलवार

वीरगन्ज । बिजयकुमार गच्छदारले आफ्नो पार्टी कांग्रेससँग एकीकरण गरे पछि २ नम्बर प्रदेश जिल्ला अध्यक्षहरुले उनले मधेसमाथि धोखा दिएको आरोप लगाउँदै आफुहरु कांग्रेसमा नजाने बताएका छन् ।

नेपाल लोकतान्त्रिक फोरम धनुषाका २ नम्बर प्रदेश अध्यक्ष तथा धनुषा जिल्ला संयोजक उमाशंकर अगरियाले गच्छदारले मधेसको मुद्दा लिएका जुन कुनै पार्टीसँग एकता गरेको भए मान्य हुने तर मधेश हित र मुद्दालाई बेवास्ता गर्दै आफ्नो स्वार्थ सिद्धमा लागेका गच्छदारको पछि लागी कांग्रेसमा जान नसक्ने जिकिर गरेका छन् ।

एकीकरणप्रति असहमत धनुषाको पुरै जिल्ला कमिटीसँगै लोकतान्त्रिक फोरमका प्रभावशाली नेताहरु अब्दुल शेख जयनारायण मण्डल, रुक्मणी देवी मण्डलसहितलाई संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले आज पार्टी प्रवेश राउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV