३० आश्विन २०७४, सोमबार

काठमाडौं ।  कुनै वेला यस्तो समय थियो घर वरिपरि फूल रोपेर सजाएको हेर्न कुनै सभ्रान्त वर्गको घर वा ठूला तारे होटलहरुमा पुग्नु पथ्र्याे । तर समयको परिवर्तनसंगै नेपालीहरुको सोंच र आर्थिक अवस्थामा आएको परिवर्तनसंगै घरमा फूल रोपेर सजाउने संस्कृति आम नेपालीसम्म पुगेको छ ।

फूल रोपेर घर सजाउने संस्कृतिको वृद्धिसंगै पुष्प व्यवसाय अंगाल्नेको संख्यामा पनि वद्धि हुन थालेको छ । जस्ले गर्दा फूल उत्पादनमा नेपाल आत्मनिर्भर हुने अवस्थामा पुगेको छ ।

फूल रोपेर घर सजाउने संस्कृतिको विकास र विस्तार भएसंगै पुष्प व्यवसाय अंगाल्नेको संख्या पनि दिन प्रतिदिन वढ्दै गएको छ । पुष्प व्यवसायमा अंगाल्नेहरुको वृद्धिसंगै केहि वर्ष पहिलासम्म दशै तिहार जस्ता फूलको अत्याधिक कारोवार हुने सिजनमा भारत लगायतका देशवाट फूलको आयात गर्ने मात्रामा पनि कमी आउन थालेको छ ।

केहि वर्ष पहिलासम्म मौसमी व्यापारकोरुपमा रहेको पुष्प व्यवसाय विस्तार हुनुमा नेपाली समाजमा फूल रोप्ने संस्कृतिको विकास हुदै जानु प्रमुख कारण रहेको पुष्प व्यवसायी वताउछन ।

सामान्य अवस्थामा फूल उत्पादनमा आत्मनिर्भर भएको भए पनि दशै तिहार जस्ता फूलको अत्याधिक माग हुने समयमा भारत लगायतका देशवाट १० देखि १५ प्रतिशत सम्म फूल आयात गरिँदै आएको छ । दक्ष जनशक्तिको पुष्प व्यवसायमा आगमन र नया नयाँ प्रविधिको विकासले धेरै प्रजातिका फूल वजारमा पाउन थालेको भएपनि अझै ग्राहकले खोज्ने केही फूलका विरुवाहरु व्यवसायीसंग नरहेको व्यापारीहरु वताउछन ।

फूल रोपेर घर सजाउने संस्कृतिको विकाससंगै फूलको मागमा आएको वृद्धिले उपत्यकामा मात्र सीमित पुष्प व्यवसाय यतिखेर पोखरा, नारायणघाट, हेटौंडा, काभ्रे र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्प फर्म र नर्सरी बिस्तार भइसकेको छ ।

 

LIVE TV