३० आश्विन २०७४, सोमबार
  • कृष्ण पाण्डे

रुपन्देही ।  रुपन्देहीको बुटवलमा पशु निर्देशनालय र बुटवल उपमहानगरपालिकाबीचको अन्तर द्वन्द्वका कारण पशु बधशाला अलपत्र परेको छ । दुई निकाय र व्यवसायीको साझेदारीमा बधशाला सञ्चालन गर्ने भनिए पनि दुई निकायवीचको समन्वय हुन नसक्दा बधशाला सञ्चालनका आउन नसकेको हो ।

बधशालाको भौतिक संरचना निर्माण भएको झण्डै तीन वर्ष पुग्दासम्म बधशाला सञ्चालनमा आउन नसक्दा स्थानीय मासु व्यवसायीहरु मारमा परेका छन् । क्षेत्रीय पशु निर्देशनालय पोखरा र बुटवल उपमहानगरपालिकाको उपकरणवाहेक झण्डै ५ करोड लगानीमा २०७१ जेठमा बधशाला निर्माण भएको थियो ।

बुटवल औद्योगिक क्षेत्रको पश्चिम तर्फ २२ रोपनी क्षेत्रफल भित्र बनेको बधशाला जंगलले ढाकिएको छ । बधशालाका लागि ल्याइएको उपकरण समेत काम नलाग्ने भएको छ । पशु बध गर्दा चाहिने भन्दै ६० लाख मूल्यका उपकरण खरिद गरिएको थियो । सञ्चालनको दायित्व पाएको बुटवल उपमहानगरपालिकाको वेवास्थाले बधशाला अलपत्र परेको मासु व्यवसायीको भनाई छ ।

यता बुटवल उपमहानगरपालिकाका योजना प्रमुख सुमन श्रेष्ठले अझै केही संरचना बनाउनका लागि बजेट अभाव भएको बताउनु हुन्छ । ‘बध गर्ने उपकरण, सुरक्षा वाल, डिफ्रिज लगायतका सामग्रीहरु खरिद हुन नसक्दा बधशाला सचालन गर्न नसकेको उहाँको भनाई छ ।

पशु निर्देशनालय र उपमहानगरपालिकाबीचको समन्वय हुन नसक्दा बधशाला अलपत्र रहेको हो । पशु निर्देशनालयका अनुसार २२ करोडमा बन्ने बधशालाका लागि ५ करोड व्यवसायीले, २ करोड उपमहानगरपालिकाले र अन्य निर्देशनालयले साझेदारी गर्ने योजना छ । तर बुटवल उपमहानगरपालिकाले चासो नै नदिएको स्थानीयको गुनासो छ । त्यसमाथि बुटवल उपमहानगरपालिकाले बजेट नै नछुट्याउदा झन अन्योल थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV