३० आश्विन २०७४, सोमबार
  • सरिना मरासिनी

रुपन्देही ।  जिल्ला अदालत रुपन्देहीले नेपालमै पहिलो पटक प्रहरी हिरासतमा रहेका अभियुक्तहरुलाई अनुसन्धान गर्न म्याद थपको लागि भिडियो कलबाट म्याद थप कार्यको सुरुवात गरेको छ ।

सोमबार रुपन्देहीको प्रहरी हिरासतमा रहेका मानव बेचविखन तथा लागुऔषध ओसार पसारमा संलग्न भएका प्रदीप चौधरी र हर्कबहादुर थापाको म्याद थप भिडियो कलबाट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र रुपन्देही जिल्ला अदालत सिद्धार्थनगरले भिडियो कलसहितको कार्य सुरु गरेको हो । प्रविधिको विकास भएसंगै अब अदालतले पनि अभियुक्तहरुलाई प्रहरी कार्यालयबाट सिधै कुराकानी गरी म्याद थप गर्ने भएको हो । सूचना प्रविधिको प्रयोग गरेर कामलाई व्यवस्थित तथा छिटो छरितो सम्पन्न गर्नु सजिलो हुने जिल्ला न्यायधिश नसिश्वर भण्डारीले बताउनु भयो ।

अभियुक्तहरुलाई जिल्ला अदालत लौजाने दायत्व कमी हुने र त्यो समयमा अन्य अनुशन्धानको कार्य प्रहरीले गर्न सक्ने भएकाले प्रहरी कार्यालयको कार्य क्षमता बढि प्रभावकारी हुने रुपन्देहीका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले बताउनु भयो । भिडियो कल बाट म्याद थप हुने भएपछि प्रहरीलाई अनुसन्धानको कार्यमा सजिलो हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV