३० आश्विन २०७४, सोमबार

काठमाडौं । अमेरिकाले खुला गरेको इडिभी सन् २०१९ का लागि आवेदन भर्ने अनलाइन साइट (डिभी लोटरी डट स्टेट डट जिओभी) असोज २४ देखि नखुले पनि नेपालका कन्सलटेन्सीहरुले सर्वसाधारणलाई आफूखुसी फर्म  भराई रहेका   छन् ।

इडिभिको आधिकारिक साइट डाउन भएको एक साता पुगे पनि कन्सलटेन्सीहरुले पछि साइड खुला हुने भन्दै सर्वसाधारणलाई फर्म भराएर रकम लिइरहेका छन्।

राजधानीको व्यापारिक केन्द्र न्युरोडको खिचापोखरीस्थित इ–स्पट नेपालले अहिले इडिभीको साइट डाउन भएपछि पनि दैनिक दुई सयजनाको फर्म भर्दै आइरहेको छ । यसका सञ्चालक राकेश वैद्यसँग सम्पर्क गर्न खोज्दा उक्त कन्सल्टेन्सीका काउन्सिलर बिज्रु मल्लले भेट्न नमिल्ने बताइन्। नागरिकमा खबरमा  छ।

साइटको सीमित क्षमता हुने र क्षमताभन्दा माथि प्रयोगकर्ताले प्रयोग गर्न खोजेकाले वेबसाइटको सर्भरमा प्राविधिक समस्या देखिएको राजदूतावासले बताएको छ।

राजदूतावासले १८ अक्टोबर (कात्तिक १ गते) नेपाली समयअनुसार बेलुका ९ः४५ बजेदेखि आवेदन दर्ता गर्न सकिने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV