३० आश्विन २०७४, सोमबार

काठमाडौँ । प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार तथा नेपाल चीन केरुङ व्यवसायी संघका अध्यक्ष मानबहादुर तामाङ पक्राउ परेका  । महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन बरामत घटनामा संलग्नता खुलेपछि तामाङलार्इ पक्रेको हो।

महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले केरुङबाट काठमाणडौसम्म सुन ल्याउन तामाङले मध्यस्तकर्ताको भूमीका खेलेको देखिएपछि अनुसन्धानकालागि पक्राउ गरिएको बताए।

तामाङलाई प्रहरीले काठमाडौको स्वंम्भुस्थित ठूलोभरयाङबाट पक्राउ गरेको हो । तामाङ र चिनिया व्यापारीको होटलहरुमा संयुक्त लगानी रहेको आशंका पनि प्रहरीले गरेको छ ।

तामाङलाई कांग्रेसले आगामी प्रनिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीमा राखेको छ । गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो ।

यसअघि प्रहरीले गत असोज ३ गते यही सुन प्रकरणमा काठमाडौंका ५ जना सुन व्यापारी पक्राउ गरेको थियो। उनीहरुमा रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी गहना पसलका गणेशदत्त बडू, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गले छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV