३० आश्विन २०७४, सोमबार

एजेन्सी,हलिउड चलचित्र निर्माता हार्वे वाइन्स्टीन बिरुद्ध यतीखेर यौनहिंशाको आरोप लाग्ने क्रम  बढ्दो छ ।

अमेरीकी अभिनेत्री एंजेलीना जोली, ग्वीनेथ पॉल्त्रोव ,जेनिफ़र लॉरेंस सहित धेरै अभिनेत्रि हरुले उनीबिरुद्ध लगाएको आरोप प्रत्यारोपले हार्वे विवादमा फसेका छन् ।

तस्विर – गेट्टी इमेज

हालै बलिउड नायिका एवं पूर्व बिश्व सुन्दरी ऐश्वर्या रायका बिदेशी मामिला सहयोगी सिमोन सेफिल्डले भेराइटी डट कममा  ऐश्वर्या रायलाई समेत हार्वेले आफ्नो जालमा पार्न खोजेको खुलासा गरेका छन् ।
हार्वेले सिमोन सेफिल्डसँग ऐश्वर्या सीत एकान्तमा भेट गर्न कुन मूल्य चुकाउनु पर्ने भनेर बारबार प्रश्न गरेको खुलाएका छन् ।

‘हार्वेले ऐश्वर्यालाई एकान्तमा बोलाउन निकै कोशिस गरे’ सेफिल्डले आफ्नो टिप्पणीमा भनेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV