२९ आश्विन २०७४, आईतवार

मोगादिसु । सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २३१ पुगेको सोमालियाली अधिकारीले आइतबार जनाएका छन् । एएफ्पीलाई प्राप्त पछिल्लो विवरण अनुसार घटनामा ३०० भन्दा बढी घाइते भएका छन् ।

मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा रहेको बताउँदै प्रहरी अधिकारी इब्राहिम मोहम्मदले एएफ्पीलाई बताउनुभयो, अहिलेसम्म २३१ जनाको मृत्यु भएको छ भने घटनामा गम्भीर घाइतेको सङ्ख्या धेरै रहेकाले मृतक सङ्ख्या अझै केही बढ्नसक्ने जनाइएको छ ।

यसपहिले अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विष्पोटका कारण अहिलेसम्म मृत्युहुनेको सङ्ख्या १३७  पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV