२९ आश्विन २०७४, आईतवार

धनुषा । कलमा नगरपालिकाबाट सात महिने बच्चा चोरी गरी किनबेच गर्ने तीनजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई धनुषा प्रहरीले आईतबार सार्वजनिक गरेको छ ।

कमला नगरपालिका वडा नं.३ बाट गत असोज १६ गते चोरी भएको बच्चा १६ दिन पछि फेला परेको हो । कमला नपा वडा नं.३ पर्सा टोल बस्ने महेन्द्र यादवका छोरा शुभन यादवलाई राति साढे १२ बजे चोरी गरी गरी फरार भएका थिए । गर्मी छल्न घरको छतमा दुधे बालकसंग सुतेकी सुनिता यादवको काखबाट बच्च चोरी भएको सुनाईन् ।

बच्चा चोरी पछि प्रहरीको विषेश टोलीले १६ दिन पछि सिरहाको लक्ष्मीपुर नगरपालिका वडा १ मा बच्चा फेला पार्न सफल भएको थियो । ४ छोरी रहेकी स्थानीय धनेश्वर साहकी श्रीमती लिला साहले छोरा पाउने लालचमा योजनाबद्ध तरिकाले बच्चा चोरलाई दुइ लाख पच्चास हजार दिएर किनेको प्रहरीको बयानमा उल्लेख छ ।

प्रहरीले बच्चा किनबेचमा संलग्न कमला नगरपालिका वडा नं.२ का ४१ बर्षीय राधाकृष्ण मण्डल, सिरहा नगरपालिका वडा नं.१ का ३६ बर्षीय दिलिपकुमार मण्डल र बच्चा किन्ने लिला साहलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको धनुषाका प्रहरीले जनाएको छ ।

यता प्रहरीले घटनाका मुख्य अभियुक्त बनाएका कमला नपा बस्ने बीरे भन्ने बीरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेर जमानतमा छोडेको प्रति पीडितहरुले चिन्ता ब्यक्त गरेका छन्। घटनामा संलग्नलाई मानव बेचविखन तथा अपहरण मुद्दा अन्तर्गत कारवाही अगाडि बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV