२९ आश्विन २०७४, आईतवार

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने सातौ चरणको हङकङविरुद्ध दोस्रो खेल पुनह सोमबार खेल्दैछ । आईतबार हुने भनिएको खेल प्रतिकुल मौसमको कारण स्थगित भएपछि सोमबार खेलाउन लगाीएको हो ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गतको दोस्रो खेल हङकङको मिसन रोड क्रिकेट ग्राउण्ड मोङकाङमा सोमबार हुदैछ । पहिलो खेलमा नेपाल आयोजक हङकङसंग लज्जास्पद हार व्यहोरेको थियो । नेपाल हङकङ विरुद्ध ८३ रनले पराजित भएको हो । सामान्य एक सय ९५ रनको विजय लक्ष्य सहित ब्याटिङ गरेको नेपाल ३४ दशमलव ५ ओभरमा अल आउट हुदै मात्र एक सय ११ रनमा समेटिएको थियो ।

नेपालको लागि कप्तान पारस खड्काले साधारण २६ रन बनाउदा नेपालका लागि त्यो नै सर्वाधिक रन बनेको थियो । जारी प्रतियोगितामा नेपालल हङकङसग पराजित हुँदा नेपाल शीर्ष चारभित्र पर्ने सम्भावना निकै कम रहेको छ । सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई अवको प्रत्येक खेल निकै महत्वपूर्ण रहनेछ ।

च्याम्पियनशीपको शीर्ष ४ मा नपर्ने टोली डिभिजन २ मा घटुवा हुने छ । प्रतियोगितामा पहिलो खेलमा पराजित गरकेो नेपालको आठ तथा हङकङको १३ अङ्क छ । खेलको लागी वातावरणमा केहि समस्यामा आएपछि खेल सोमबार सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV