२९ आश्विन २०७४, आईतवार

काठमाडौं । नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले वाम गठबन्धनबाट बाहिरिए लगत्तै नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।

एमाले सँगको तालमेलमा चुनाबी क्षेत्र गोरखा २ न ंको विषयलाई लिएर खटपट शुरु भएपछि उनी भर्खरै एमालेबाट बाहिरिएका थिए र हालै कांग्रेसले सो विषयमा सहयोग गर्ने आश्वासन दिएपछि भट्टराई कांग्रेससँग तालमेलका लागि तयार भएका हुन्।

वाम गठबन्धनाम उनलाई पहिले गोरखा २ मा स्थान दिने सहमति जनाएपछि भट्टराई एमालेको सूर्य चिह्नमा चुनाव लड्न तयार भएका थिए । तर, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा २ माओवादीले छाड्न नहुने र भट्टराईलाई सहयोग गर्न नहुने दबाव दिएपछि वाम गठबन्धनले उनलाई असहयोग गर्ने निर्णय गर्‍यो । त्यस लगत्तै भट्टराई गठबन्धनबाट बाहिरिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV