२९ आश्विन २०७४, आईतवार

असोज २९, २०७४

काठमाडौं ।रोजगारको लागि दक्षिण कोरियाको भाषा परीक्षा पास गरेका परिक्षार्थिहरुको आउँदो कार्तिक १२ गत्ते देखि स्वास्थ्य परिक्षण शुरु हुने भएको छ । २०१८ का लागि यसवर्ष १२ हजार १०८ युवाहरुले भाषा परीक्षा पास गरेका थिए ।

राजधानीका चारवटा अस्पताल शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन र कोरिया –नेपाल अस्पाताल ठिमीमा स्वास्थ्य परिक्षण गरिने र इपिएस कार्यालय ग्वार्कोले कार्तिक १२ देखि लगातार नौं दिनसम्म स्वास्थ्य परिक्षण गरिने जनाएको हो ।

परिक्षणमा पुरा शरिरको स्वास्थ्य परिक्षण गरि कामदारको लेवर कन्ट्याक्ट आइसकेपछि क्षयरोगको परिक्षण गरिनेछ । स्वास्थ्य परिक्षण र रोजगारी आवेदनमा कारणवस कोहि छुटेमा २/३ दिनपछि पनि व्यवस्था गरिने भण्डारीले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV