२९ आश्विन २०७४, आईतवार

म्याग्दीको बेनी अस्पतालमा दैनिक हुने फोहोरको उचित ब्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको छ । फोहर विर्सजनका लागि एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सहयोग गरेको हो ।

फोहोर विर्सजनका लागि बनाइएको ईन्सिनेटर नजिक फोहरको प्रकारका बारेमा जानकारी दिन समेत थालिएको छ । फोहर राख्ने कक्ष समेत बनाइएको छ । कर्मचारीलाई फोहोर संकलनदेखि विर्सजनमा अपनाउनुपर्ने विधिका बारेमा तालिम दिइएकाले अस्पताल विकास समितिले नियमित अनुगमन र निगरानी गर्ने जनाएको छ । फोहोर ब्यवस्थापनका लागि दुईजना कर्मचारीले दैनिक काम गर्नुपर्ने भएपनि तत्काललाई नियमित काममा रहने कर्मचारीकै सहयोग लिइएको छ ।

अस्पतालबाट निस्किने फोहरमा ६० देखी ८० प्रतिशतसम्म संक्रमित नहुने र बाँकी संक्रमित हुने भएकाले पनि फोहोर विर्सजनमा सचेत हुनुपर्ने जानकारहरु बताउँछन् । फोहर व्यवस्थापनका लागि जर्मनबाट  आएका दुईजना मेडिकल इन्जिनियरले सघाइरहेका छन् ।

जर्मनको एक विश्वविद्यालयमा मेडिकल इन्जिनियरिङमा अध्ययरत मेक्सीमिलियनल र एन्टोनियाले अन्र्तराष्ट्रिय मापदण्डमा फोहोर विर्सजन गर्न ईन्सिनेटर प्रविधि जडान गरेका छन् । फोहरको वर्गीकरण र व्यवस्थापनका लागि कर्मचारीलाई तालिम दिइएको बेनी अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेले बताउनुभयो ।

फोहोरलाइ जैविक र अजैविक गरी छुटट्याउने तरिका समेत कार्यालय सहयोगीलाई जानकारी गराइएकाले सहज भएको अस्पतालले जनाएको छ । बेनी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा सहित  सरसफाई सहितको जनचेतनामुलक कार्यलाई समेत प्राथमिकतामा राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV