
म्याग्दी । बेनीबजारमा शनिबार ७ जना जुवाडेहरू खेलिरहेको ठाउबाट पक्राउ परेका छन् । बेनी पिपलचोकस्थित एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताए ।
जुवातासमा संलग्न भएकालाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जानकारी दिए । चाडपर्व र अन्य समयमा समेत जुवातास खेलाउने ठाउँको सुराकीको आधारमा प्रहरीले निगरानी बढाइरहेको बताएका छन् ।