
काठमाडौं। शुक्रबार मात्र मन्त्रिपरिषद विस्तार गर्नु आचार संहिता विपरित हुने बताएको निर्वाचन आयोगले शनिबार सरकार विस्तार गर्नु आचार संहिता विपरित नहुने बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका आयुक्तले सरकार बिस्तार गर्न आचार संहिताले नरोक्ने बताएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शनिबार बेलुकी पद तथा गोपनियताको सपथ गराएको छ ।
राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा राष्ट्रपतिसँग सपथ लिएको छ । त्यस्तैगरी राप्रपाका नेताहरु दिलनाथ गिरी, विक्रम थापा र जयन्त चन्दले विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका छन् । भास्कर भद्रा, कुन्ती शाही, सुशील श्रेष्ठ र कान्ता भट्टराईले राज्यमन्त्रीका रुपमा प्रधानमन्त्री देउवासँग सपथ गरेका छन् ।
शनिबार ८ मन्त्रीले सपथ गरेसँगै देउवा नेतृत्वको सरकार ६४ सदस्यीय भएको छ । २०५२ सालमा त्यतिबेलासम्मको ५१ सदस्यीय मन्त्रीपरिषद बनाएर बदनामी कमाएका देउवाले यो पटक नेपालको इतिहासमै ठूलो ६४ सदसस्यीय मन्त्री परिषद बनाएको हो ।