२८ आश्विन २०७४, शनिबार

एजेन्सी । उत्तर कोरियाले अमेरिकाले आफुबिरुद्ध उत्तेजनामुलक सैन्य प्रदर्शन गरिरहे अमेरिकी सैन्य अखडा रहेको टापु गुआममा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाली प्रायद्धिपमा अमेरिकाले सैन्य अभ्यासहरु गर्दै उत्तेजना फैलाइरहे प्रशान्त महासागरस्थित अमेरिकी भुमी गुआममा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाले सोमबारबाट ठूलो नौसैनिक अभ्यास सुरु गर्ने जनाएका छन्। दुई देशले सो सैन्य अभ्यासको तयारी गरिरहँदा उत्तर कोरियाले गुआमनजिमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको हो ।

दक्षिण कोरियाको पूर्वी र पश्चिमी क्षेत्र अर्थात् जापानी सागर र पित सागरमा हुने अभ्यासका लागि शुक्रबार नै ‘मिसिगन’ नामक आणविक उर्जाबाट चल्ने पण्डुब्बी जहाज दक्षिण कोरियामा पुगिसकेको छ।

उकेसिएनएले अमेरिकी सैन्य कदमको ‘कठोर प्रतिउत्तर’ दिने बताएको छ । केसिएनएले भनेको छ, ‘हामीले पहिले नै धेरै पटक चेतावनी दिइसकेका छौँ, हामी आत्मरक्षाका लागि अमेरिकी क्षेत्र गुआमनमा क्षेप्यास्त्र प्रहार गर्नेलगायत सबै कदम चाल्न सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV