२८ आश्विन २०७४, शनिबार

काठमाडौं । संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसदको अन्तिम बैठक चलिरहेको छ । संसदको अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदहरुले सामूहिक तस्विर खिचाएका थिए ।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्ने सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । समापन समारोहका लागि आजै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोजको आयोजना गरेकी छिन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि आइतबार समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन आज राति १२ बजेदेखि नै संसद्को अवधि सकिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV