२८ आश्विन २०७४, शनिबार

बागलुङ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओम प्रकाश पुनले अहिले सेना, प्रहरी तथा कर्मचारीहरुलाई दास जस्तो ब्यवहार गरिएको बताउदै बैज्ञानिक समाजवादमा सम्मानित हुने बताएका छन् ।

पार्टी सम्बद्ध राष्ट्रिय युवा जनस्वयंसेवक बागलुङको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले नेपालमा पुरानै संसदीय सामन्ती ब्यवस्था फर्किएको बताए । उनले संसदीय ब्यवस्था बिरुद्ध लामो संघर्ष गरेपनि त्यसका उपलब्धीलाई प्रचण्डले पतन गराउन लागेको आरोप पनि लगाए।

गणतन्त्र स्थापना भएपनि वास्तविक किसान मजदुर लगायत उत्पीडित जनताले गणतन्त्रको अनुभुति गर्न नसकेको भन्दै नेता पुनले नेपालको बैज्ञानिक समाजबादी क्रान्ति पुरा गर्नका लागि युवाहरुलाई एकजुट हुन आव्हान समेत गरे ।

पुनले भने अवको लडाई भ्रष्टाचारी घुसखोर कमिशन लगायत संसदीय ब्यवस्था बिरुद्ध हुने बताउंदै संसदीय ब्यवस्थाले गर्दा कैयौ युवा बिदेशीन बाध्य भएको एबं मुलुकमा भ्रष्टाचार मंहंगी बिकृति र बिसंगती मौलाउदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV