२८ आश्विन २०७४, शनिबार

काठमाडौं । यस वर्षको इमेज अवार्डमा सर्वोत्कृष्ट लोकदोहोरी गीत ‘उही खोलीमा पानी, उही खोलीमा माछा’ मार्फत १९ औं इमेज अवार्ड राजन गुरुङले हात पारेका छन् ।

राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी गुरुङलाई यस वर्षको १९ औं इमेज अवार्ड प्रदान गरिएको हो । लोकदोहोरीको बजारमा पछिल्लो समय आफ्नो मौलिक आवाज भरेर सबैको मन जित्न सफल यस गीतले धेरै नै अवार्ड हात पारिसकेको छ ।

पाँचौं राष्ट्रिय लोकदोहोरी अवार्डमा यस गीतले ४ वटा विधामा अवार्ड हात पारेको थियो । उही खोलीको पानी गीतबाट राजन गुरुङले पब्लिक च्वाईस अवार्ड, लय शब्दतर्फ बसन्त थापा, निर्देशकतर्फ बब्बु थापा र छायाकंनतर्फ करण चैसिरले अवार्ड जितेका हुन् ।

गीतमा संगीत वसन्त थापा, गीतकार केशव पौडेल, म्यूजिक एरेन्जर आशिष अविरल, म्यूजिक डाइरेक्टर बब्बु थापा, गायिका देवी घर्ती, मोडल करिष्मा ढकाल र रस्मी तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV