२७ आश्विन २०७४, शुक्रबार

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि दलहरुले गर्न पाउने अधिकतम खर्चको सीमा तोकेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव खर्चको सीमा तोकेको होे ।

आयोगले पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको अधिकतम खर्च सीमा तोक्ने निर्णय गरेको हो । आयोगले तोकेको खर्च सीमा अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारले चुनावमा २५ लाख खर्च गर्न पाउने भएका छन् भने प्रदेश सभाका उम्मेदवारले १५ लाख खर्च गर्न सक्नेछन् ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यले सवारी साधन र कार्यालय सञ्चालनमा ५/५ लाख खर्च गर्न पाउने छन् भने प्रतिनिधि परिचालनको सीमा २ लाख छ । इन्धन, प्रचार सामग्री, छापा तथा विद्युतीय प्रचारमा १/१ लाख खर्च गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । तोकिएको भन्दा बढी खर्च नगर्न पनि आयोगले उम्मेद्वारहरुलाई चेतावनी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV