२७ आश्विन २०७४, शुक्रबार

काठमाण्डौ । नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा नराम्रोसँग धक्का लागेको छ ।आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले हङकङसँग ८४ रनको पराजय ब्यहोरेको छ ।

हङकङले नेपाललाई दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३४।५ ओभरमा १११ रन बनाउँदै अल आउट भएको हो । हङकङले ५० ओभरमा अलआउट हुँदै १९४ बनाएको थियो । हङकङको मोङकोकस्थित मिसन रोड मैदानमा भएको खेलमा नेपालले टस जितेर हङकङलाई व्याटिङको निम्तो दिएको थियो।

विश्व च्याम्पियनसिपमा आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । ती सबै खेलमा जित हासिल गरेपनि नेपालले शीर्ष चारमा रहन अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV