२७ आश्विन २०७४, शुक्रबार

निर्वाचन क्षेत्र बाँडफाँटमा समस्या देखिएपछि लोकतान्त्रिक गठबन्धनको औपचारिक बैठक नै बस्न सकेको छैन । संघीय फोरम र राजपाले निर्वाचन क्षेत्रमा आफ्नो हिस्सा मागेदेखि नै गठबन्धनको बैठक बस्न नसकेको हो ।

एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएपछि कांग्रेसको नेतृत्वमा समेत बनेको लोकतान्त्रिक गठबन्धनको औपचारिक बैठक नै बस्न सकेको छैन । २९ गते समानुपातिक तर्फको उम्मेदवारको सुची बुझाउने म्याद नजिकिदै जाँदा समेत गठबन्धनले छलफललाई खासै निरन्तरता दिन सकेको छैन । राजपा र संघीय समाजवादी फोरमले संयुक्त रूपमा प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा १ सय ३१ सिट पाउनुपर्ने माग राखेका थिए ।

साझा चुनावी मुद्दाका साथ सिटमा तालमेल गरेर अघि बढ्ने उद्देश्यका साथ कांग्रेस, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा (प्रजातान्त्रिक) बीच लोकतान्त्रिक गठबन्धन निर्माणको प्रयास भएको थियो । चुनावी सिट तालमेल गरी संयुक्त लोकतान्त्रिक गठबन्धन बनाउन ६ दलबाटै प्रतिनिधित्व भएको कार्यदल समेत गठन भएको छ ।

राजपा र फोरमलाई २० सिट दिएर तालमेल गर्न नहुनेमा कांग्रेसभित्रै दबाब छ । कांग्रेसको स्थानीयस्तरबाटै फोरम र राजपालाई सिट धेरै दिएर सहमति नखोज्न दबाब आएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV