२७ आश्विन २०७४, शुक्रबार

तनहुँ , जिल्ला प्रहरी कार्यालय तनहुँमा आउदो प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि म्यादी प्रहरीमा भरना हुन आबेदन दिनेको लर्को लागेको छ ।  मंगलबार, बुधवार र बिहिवार गरि करिव ६ सय जनाले आवेदन फर्म भरि बुझाएका  छन् ।

बुधबार र बिहीवार साँझ अवेरसम्म आवेदन फर्म भर्न आउने र बुझाउनेको घुईैचो लागेको तनहुँ प्रहरी प्रमुख सुनिल मल्लले जानकारी दिएका छन् ।जिल्ला तनहुँबाट करिव ९ सय जना छनौट हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

म्यादी प्रहरीमा बढि आवेदन दिनेमा किशोरकिशोरी, बैदेशिक रोजगारीबाट फर्किएका युवा युवती एवं सुरक्षा निकायमा काम गर्नेहरु बढी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV