२७ आश्विन २०७४, शुक्रबार

२७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा केन्द्रीय कार्यालय सदस्य एवं पर्यटन विभाग इन्चार्ज लोकेन्द्रबहादुर विष्टले पार्टी परित्याग गरेका छन् ।

माओवादी आन्दोलन जुन लक्ष्यको साथ शुरु भएको थियो सो बाट पार्टी बिचलित भएको र अबको माओवादीले सपना पूरा गर्न नसक्ने भन्दै नेता विष्टले राजीनामा दिएर सर्वसाधारण नागरिक भएर बस्ने घोषणा गरेका हुन् ।

जनताले राख्ने हिजोको नारा र सपनाको प्रश्नको जवाफ आफु पार्टीमै रहि दिन सक्ने हुँदा बरु आफू सर्वसाधारण नागरिक बस्दा उत्तम हुने देखीएको कारण पार्टी परित्याग गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV