२७ आश्विन २०७४, शुक्रबार

झापाको एउटा मुख्य सहर विर्तामोडमा बिहीबार दिनदहाडैसुन पसलमा फिल्मी शैलीमा लुटपाट भएको छ। इलाका प्रहरी कार्यलय विर्तामोडदेखि करिब दुुई सय मिटर नजिकै चोकमा रहेको अष्टलक्ष्मी ज्वेलर्सबाट दिउँसोे २ः४५ बजे अढाई तोला बराबरको सुनको गहना लुुटिएको हो।

ग्राहकको भेषमा आएका एक अपरिचित युवाले कन्चटमा पेस्तोल तेर्साएर सुन लुुटेको अष्टलक्ष्मीका संचालक राजेश बराईलीले जानकारी दिए । स्थानीयका अनुसार विर्तामोडको मुख्य चोकमा बिहिबार दिउँसो कुनै प्रहरी सुरुक्षाका लागि खटिएका थिएनन्।

यता इलाका प्रहरी कार्यलय विर्तामोडका डिएसपी राजकुुमार सिलवाललाई यसबारे बुुझ्दा उनी आफ्नो रणनीतित परिवर्तन गरेकाले यसो भएको बताउँछन् । ‘हामी हाम्रो रणनीति अनुसार चलिरहेका हुुन्छौं, दिनहुँ रणनीति फेरिरहन्छ,’ उनले भने, ‘जहाँसम्म लुुटपाटको कुरा छ। ट्राफिक प्रहरीमा राखिएको सिसिटिभीको मद्दतले हामीले घटनाको अनुसन्धान गरिरहेका छौं। चाँडै घटनामा संलग्नलाई समात्नेछौं। ’

LIVE TV