२६ आश्विन २०७४, बिहीबार

काठमाडौं । गैर आवसीय नेपाली संघ एनआरएनको आगामी २०१७÷२०१९ कार्यकालका लागि अध्यक्ष पदमा जमुना गुरुङ घलेले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी शनिबार काठमाडौंमा सुरु हुने आठौं विश्व सम्मेलनमा उहाँले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

बिहीबार राजधानीमा एक कार्यक्रमबीच जमुना गुरुङ घलेले उम्मेदवारी घोषणा गर्दै आफ्नो उम्मेदवारी महिलाले पनि नेतृत्व गर्न सक्छ भन्ने प्रमाणित गर्न भएको बताउनु भयो ।

अष्ट्रेलिया जस्तो अत्यन्तै प्रतिष्पर्धी समाजमा आफूलाई महिला उद्यमीको रुपमा उभ्याउन सफल भएको बताउनु भयो । उहाँले आफू विजयी हुँदा एनआरएनले शुरु गरेका ठूला परियोजना समयमै पूरा हुने जिकिर पनि गर्नुभयो ।

जमुना गुरुङ घलेलाई संघका वर्तमान अध्यक्ष तथा श्रीमान शेष घले, पूर्व अध्यक्ष देवमान हिराचन संघका वर्तमान संरक्षक इन्द्रा वनको समर्थन रहेको छ । विश्वका ७५ देशमा फैलिएको यो संघमा हाल ६५ हजार सद्सय रहेका छन् भने झण्डै २८ सय जनाले नयाँ नेतृत्वको लागि मतदान गर्ने छन् । जमुना घले एनआरएनका वर्तमान अध्यक्ष शेष घलेकी धर्मपत्नी पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV